सागका लागि क्रिकेटको प्रारम्भिक टोलीमा ३५ खेलाडी

डिसी नेपाल
१२ भदौ २०७६ १२:२६

काठमाडौं । आगामी मंसिरमा नेपालमा हुने साउथ एसियन गेम्स(साग) को लागि प्रारम्भिक चरणमा नेपाली राष्ट्रिय पुरुष टोलीको बन्द प्रशिक्षणको लागि ३५ खेलाडीको नाम सार्वजनिक भएको छ

पारस खड्काको कप्तानीमा घोषित ३५ खेलाडी सम्मिलित टोलीमा थुप्रै युवा खेलाडीले मौका पाएका छन् । रित गौतम, कुशल मल्ल, सागर ढकाल र इशान पाण्डे पहिलोपटक बन्द प्रशिक्षणमा परेका छन् ।

नेपालले सेप्टेम्बर १ अर्थात आइतबारदेखी बन्द प्रशिक्षण थाल्ने नेपाली क्रिकेट टिमका मिडिया म्यानेजर सुरज शाक्यले जानकारी दिए। प्रमुख प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले ३५ खेलाडी छनोट गरेका छन् ।

प्रारम्भिक टिमः

  1. पारस खड्का
  2. ज्ञानेन्द्र मल्ल
  3. शरद भेषवाकर
  4. वसन्त रेग्मी
  5. राजु रिजाल
  6. जितेन्द्र मुखिया
  7. प्रदिप ऐरी
  8. सुनिल धमला
  9. सौरभ खनाल
  10. ललित सिंह भण्डारी
  11. बिक्रम सोब
  12. इशान पाण्डे
  13. करण केसी
  14. मोहम्मद आरिफ शेख
  15. विनोद भण्डारी
  16. सन्दीप जोरा
  17. कुशल मल्ल
  18. रित गौतम
  19. पवन सरार्फ
  20. अमित श्रेष्ठ
  21. किशोर महतो
  22. मोहम्मद आशिफ शेख
  23. सुसन भारी
  24. अनिल कुमार शाह
  25. अभिनास बोहोरा
  26. सन्दीप लामिछाने
  27. ललित नारायण राजवंशी
  28. नन्दन यादव
  29. रोहित कुमार पौडेल
  30. भिम सार्की
  31. कुशल भुर्तेल
  32. दिपेन्द्रसिंह ऐरी
  33. सोमपाल कामी
  34. सागर ढकाल
  35. शाहब आलम



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.