अछाममा जीप दुर्घटना : २ जनाको मृत्यु, ५ घाईते
फाेटाे: संकल्प निर्भिकाे फेसबुकबाट
अछाम । अछाममा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

साफेबगरबाट मेल्लेख गाउँपालिकातर्फ जाँदै गरेको से १ ज ९८६ नं जीप मेल्लेख गाउँपालिका ७ नन्देगडामा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक तथा प्रवक्ता रमेशदत्त अवस्थीले जानकारी दिए।

उनका अनुसार शुक्रबार साँझ ५ बजे दुर्घटना हुँदा सोही ठाउँकी कौशी साउँद र किथ्थी साउँदको मृत्यु भएको छ। भने अन्य ५ जना घाइते भएका छन्। थप विवरण आउन बाँकी नै छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment