हङकङमा कविता संग्रह ‘गोधूलिको किनारा’ विमोचन
हङकङ । गत आइतबार हङकङको जोर्डनस्थित कङ्गन रेष्टुरेन्टमा कवि डोम रानाको नविनतम कविता संग्रह ‘गोधूलिको किनारा’ विमोचन गरिएको छ।
साब्लाबुङ प्रकाशन हङकङका अध्यक्ष तथा सम्पादक राजकुमार राईको अध्यक्षतामा नेपालबाट आमन्त्रित कवि तथा गीतकार भावेश भुमरी प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष कविर गीतकार टंक सम्बाहाम्फे यस विमोचन समारोहका समीक्षकर्ताको रुपमा थिए।
यसैगरी हङकङस्थित नेपाली भाषा तथा साहित्य परिषदका अध्यक्ष किशन राई, हङकङ साहित्य साझा श्रृङ्खलाकी संयोजक सुनिता गिरी, कवि तथा साहित्यकारहरु जे वी किराँती, चन्द्र मादेन, कमल पौडेल, विशु सम, कानून ब्यबसायी तथा वरिष्ठ समाजसेवी देव गुरुङ, स्याङ्जा जनसेवा समिति हङकङका अध्यक्ष ईश्वर गुरुङ, भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष मन प्रसाद गुरुङ, जनजाति महासंघका भूपू अध्यक्ष भुपेन्द्र चेम्जोङ, ईटहरी मञ्चका अध्यक्ष राजु राई, नेत्र ज्योति संघ हङकङका अध्यक्ष ईश्वर बिक्रम शाह लगायत हङकङका कवि तथा साहित्यकार र बिभिन्न संघसंस्थाका अध्यक्षहरूलाई अतिथिको रुपमा आसीन गराएका थिए।
डिबी पालुङ्गको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई कवि नवीन सुहाङगले सञ्चालन गरेका थिए। स्वागत मन्तव्य लगत्तै कवि डोम रानाको गोधूलिको किनारा कविता संग्रहलाई अध्यक्ष राज कुमार राईलगायत प्रमुख अतिथि भावेश भुमरी र मञ्चमा आसिन अतिथिहरूद्वारा सामूहिक रुपमा विमोचन गरिएको थियो, भने स्याङ्जा जनसेवा समिति हङकङका उपाध्यक्ष मुक काजी (काजी) गुरुङ र मगर संघ हङकङकी अध्यक्ष युग माया रानाले बधाई तथा तथा शुभकामना मन्तब्य दिएका थिए।
विमोचन समारोहलाई नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष कविर गीतकार टंक सम्बाहाम्फेले समीक्षा गरेका थिए। समीक्षा गर्ने क्रममा सम्बाहाम्फेले आलोचना, समालोचना सँगसँगै पाठकीय बिचार र कवि डोम राना स्वयं आदिवासी जनजाति भएर पनि उक्त पुस्तकमा जनजातिको कुनै सुगन्ध नभएको बताए । उक्त कविताहरू मझधारमा रहेको र सकेसम्म कविता लेखनमा आफ्नो जातियतालाई समावेश गर्न सके अति उत्तम हुने समीक्षा गर्दै स्रष्टा कवि डोम रानालाई हार्दिक बधाई ज्ञापन व्यक्त गरे।

यसैगरी नेपालबाट आमन्त्रित तथा प्रमुख अतिथि कवि गीतकार भावेश भुमरीले कवि डोम राना एउटा पश्चिम नेपालको लोक संस्कृतिबाट हुर्केका कवि भएको हुंदा प्रस्तुतिको स्वरुप परिमार्जन गर्दागर्दै पनि तिनै संस्कृतिका विषयहरूलाई पस्केको बताउँदै भने भोलिका दिनमा पक्कै पनि कवि डोम रानाले कविताको विषयबस्तुलाई केही परिवर्तन गर्दै र परिमार्जन गर्दै उच्च स्तरका कविताहरु लेख्दै अगाडि बढ्नेमा आशावादी रहेर्को बताए।
अन्तमा, अध्यक्ष राईले कवि डोम रानाको ब्यक्तित्वप्रति आकर्षित हुंदै आफ्नै प्रकाशनबाट उक्त कविता संग्रह प्रकाशन गरेको बताउंदै कवि रानालाई हार्दिक बधाई सहित शुभकामना पनि व्यक्त गरे।कवि डोम रानाले उपस्थितजन सबैलाई उपस्थितिको लागि र सल्लाह सुझाबको लागि हार्दिक धन्यवाद दिए।
कार्यक्रम स्थलमा विमोचित पुस्तक गोधूलिको किनारा बिक्रीबाट संकलन भएको रकम १ लाख ५३ हजार ३ सय ५० पैयां स्रष्टा तथा कवि डोम रानाले साव्लाबुङ पुस्तकालय अभियानको निम्ति साब्लाबुङ प्रकाशन हङकङका अध्यक्ष तथा सम्पादक राजकुमार राईलाई उक्त समारोहमा नै नगद हस्तान्तरण गरेका थिए ।







डिसी नेपाल








Facebook Comment