संविधानको परिधीभित्रबाट हिन्दु राष्ट्र पुनस्थापना गर्छौं : अध्यक्ष थापा

डिसी नेपाल
२० भदौ २०७६ ८:४७

नवलपुर। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको परिधिभित्रबाट प्रजातान्त्रिक ढंगले नेपाली जनताको विश्वास जितेर सनातन हिन्दुराष्ट्र पुनस्थापनामा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन्।

नवलपुर जिल्लाको कावासोतिमा आयोजित गण्डकी प्रदेशको बिस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले जनता कांग्रेस र कम्युनिस्टको बिकल्पको खोजीमा रहेको दाबी गर्दै असफल बाटो र नीतिमा परिवर्तन आवश्यक रहेकोमा जोड दिए।

बालुवाटार जग्गा काण्ड , एनसेल कर, मेलम्ची खानेपानी, बुढिगण्डकी आयोजना , ३३ क्विन्टल सुनकाण्ड जस्ता ठूला ठूला काण्डमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दुवै मुकदर्शक बनेको आरोप लगाउँदै अध्यक्ष थापाले ती काण्डमा संलग्नको खोजी गर्नुपर्ने बताए।

कार्यकर्ता वडा तहसम्मको संगठन निर्माणमा लाग्ने हो भने राप्रपाको प्रगतिलाई कसैले रोक्न नसक्ने उनको दाबी थियो। थापाले बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न सबैले इमान्दारी पूर्वक र मेहनत गर्न आवश्यक भएकोले संगठनलाई केन्द्रमा राखी उच्च मनोबलका साथ अघि बढ्न आग्रह गरे।

कार्यक्रममा वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ , उपाध्यक्ष तोरण गुरुङ, भिमप्रसाद गौचन, प्रदेश अध्यक्ष हेमजङ गुरुङ सहायक महामन्त्री बिन्दु पहाडी, जिल्ला अध्यक्ष दलबहादुर केसीलगायतले आफ्नो धारणा राखेका थिए। बैठकमा क्षेत्र भित्रका पदाधिकारी सदस्य, प्रदेश कार्य समिति, जिल्ला अध्यक्षहरुको सहभागीता रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.