‘संविधानपछिको यात्रा राम्रो भएपनि सुधारका गुञ्जायस’

डिसी नेपाल
२ असोज २०७६ २२:५८

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईले संविधान निर्माणपछिको यात्रा राम्रोसँग शुरु भएको भएपनि यसमा सुधारका गुञ्जायस सँगसँगै रहेको बताएका छन्।

सरकारी वकिल समाज र संवैधानिक कानून व्यवसायी मञ्चले आज आयोजना गरेको कार्यक्रममा उनले संविधानमार्फत् आम नेपालीमा हामी भन्ने भावनाको विकास गराउने विषय सबैभन्दा महत्वपूर्ण विषय भएको औँल्याए।

संविधान आफैँमा उत्कृष्ट र खराब नहुने उनको भनाइ छ। उनले भने, “कुनै कुरा खराब भएपछि राम्रो कसरी गर्ने र सुधारका लागि के गर्ने भन्ने पनि आउनु आवश्यक छ।”

पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्कीले न्यायाधीशको सार्वजनिक सुनुवाइ अन्तवार्ताजस्तै हुने गरेको बताए। संवैधानिक इजालासले सक्रिय भएर काम गर्नुपर्ने उनले सुझाव दिए।

उच्च अदालतका न्यायाधीश टेकबहादुर ढुङ्गानाले अदालतले गत वर्ष परेको एक हजार ६२७ मुद्दामध्ये ३८० मुद्दा मात्रै अर्को वर्षका लागि सारेको बताए।

वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले सर्वोच्च अदालतले सरकार र संसद्ले गलत क्रियाकलाप गर्दा रोक्न र त्यसलाई मार्गनिर्देश गर्नुपर्ने कुरामा जोड दिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.