घुस लिएको अभियोगमा वाणिज्य आपूर्ति विभागका नासु र सहजकर्ताबिरुद्ध मुद्धा दायर

डिसी नेपाल
२ असोज २०७६ २३:३७

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका नायब सुब्बा पुरुषोत्तम पोखरेल र सहजकर्ता केदारप्रसाद न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

एक कार्यालयको पूँजी वृद्धि तथा शाखा विस्तारको लागि सहजीकरण गरिदिने भन्दै उनीहरुले रु एक हजार घुस लिएको पाइएको आयोगले आरोप लगाएको छ ।

विशालबजार कम्पनी लिमिटेडका वरिष्ठ सहायक पदमा कार्यरत पशुपति सापकोटाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यसैगरी प्रहरी नायब निरीक्षक विनोदमान राजभण्डारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा पनि आयोगले मुद्दा दायर गरेको छ ।रासस




प्रतिक्रिया

One thought on “घुस लिएको अभियोगमा वाणिज्य आपूर्ति विभागका नासु र सहजकर्ताबिरुद्ध मुद्धा दायर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.