नगरपालिकाको कार्यालयमा बम विष्फोट
अछाम । अछामको कमलबजार नगरपालिकाको कार्यलयमा बम विष्फोट भएको छ । बिहीबार राति करिब १ बजेको समयमा नगरपालिकाको कार्यालयमा प्रेसर कुकर बम विष्फोट भएको अछाम प्रहरीले जनाएको छ ।
विष्फोट कसले गरायो भन्नेबारे जानकारी हुन सकेको छैन । नगरपालिका कार्यालयको ढोकामा विष्फोट भएको र विष्फोटबाट ठूलो क्षति नभएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । विष्फोट गराउने समूहको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment