सामुदायिक शिक्षा सुधारोन्मुख: मन्त्री बाँस्कोटा

डिसी नेपाल
११ असोज २०७६ १६:०८

काभ्रेपलाञ्चोक। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारोन्मुख रहेको बताएका छन्। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समितिद्वारा आज बनेपामा आयोजित विश्व शिक्षक दिवस तथा विभिन्न चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामुदायिक शिक्षा सुधारतर्फ गइरहेकाले आम नागरिकसमक्ष आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन आग्रह गरे।

उनले भने, “सामुदायिक विद्यालयको शिक्षा गुणस्तरोन्मुख छ, त्यसलै आम नागरिकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन अपिल गरेको हुँ ।” कतिपय सामुदायिक विद्यालयले अङ्ग्रेजी भाषाबाट शिक्षण गर्न शुरु गरिरहेका उल्लेख गर्दै उनले क्रमशः अरु विद्यालयले पनि अनुशरण गरिरहेका बताए।

मन्त्री बाँस्कोटाले कतिपय निजी विद्यालयका भवन जस्तापाताका ९असुविधायुक्त० रहेका समेत आफूले देखेकोमा दुःख लागेको उल्लेख गरे। “जस्तापाताका निजी विद्यालयमा समेत महङ्गो शुल्क लिइन्छ, सामुदायिक विद्यालयका भवन निकै राम्रा र सुविधायुक्त बनेका छन्, यससँगै शैक्षिक गुणस्तरमा फड्को मार्दैछ” उनले भने।

आफ्नो भ्रमणका क्रममा जनकपुरस्थित एक सामुदायिक विद्यालयमा दुई हजार ६०० विद्यार्थी रहेको पाएको स्मरण गराउँदै उहाँले निजी विद्यालय नभएर त्यस स्थानमा एउटै विद्यालयमा ठूलो सङ्ख्यामा विद्यार्थी भएको भन्नु गलत सावित भएको बताए। मन्त्री बाँस्कोटाले सरकारले शैक्षिक नीति सुधार गर्दा शैक्षिक विज्ञबाट सुझावको अपेक्षा गरेको बताए।

“नीति बनाउँदा सरकार शैषिक विज्ञको सुझव ग्रहण गर्दछ, कसैलाई काखा र कसैलाई पाखा गरी व्यवहारमा आउन नसक्ने नीति बनाउँदैन, तपाईहरु ढुक्क हुनुहोस्”, उनले भने। सरकारको ‘डिजिटिलाइजेसन’ कार्यक्रमअन्तर्गत एक हजार विद्यालयमा इन्टरनेटसहितको कम्प्युटर ल्याब व्यवस्थापनको तयारी भइरहेको उहाँले जानकारी गराए।

सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय उपाध्यक्ष विष्णु पोखरेल, सङ्गठनका पूर्व केन्द्रीय अध्यक्ष माधवप्रसाद अधिकारी, सङ्गठनका ३ नं प्रदेश उपाध्यक्ष सुभद्रा अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.