नेपालको फितलो बलिंग, आक्रामक ब्याटिंग गर्दै सिंगापुर (लाईभ भिडियो) ।
काठमाडौं। सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको दोस्रो खेलमा टस जितेर नेपाल विरुद्ध घरेलु टिम सिंगापुरले पहिला ब्याटिंग गरिरहेको छ। खेलको चौथो ओभरमै विकेट गुमाए पनि सिंगापुरले आक्रामक ब्याटिंग गरेको छ । २२ रनको अस्वस्थामा करण केसीले रोहन रंगराजनका रुपमा नेपाललाई सफलता दिलाएका थिए।
त्यसपछि मैदानमा आएका नवनियुक्त कप्तान टिम डेबिड र सुरेन्द्रन चन्द्रमोहनले टिमलाई ८ ओभरमा ५७ रनमा पुर्याए। आठौं ओभरको पहिलो बलमा सुसान भारीले आक्रामक ब्याटिंग गरिरहेका सुरेन्द्रन चन्द्रमोहनलाई ोल्ड गर्दै दोस्रो सफलता दिलाएका छन् । यो समाचार तयार पार्दासम्म ९ ओभरमा सिंगापुरले २ विकेटको क्षतिमा ६४ रन बनाएको छ।
सिंगापुरविरुद्ध मैदानमा उत्रँदा नेपाल आफ्नो पहिलो जीतको खोजीमा हुनेछ। शुक्रबार भएको पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएर खराब सुरुवात गरेको नेपालले आज जीत निकाल्ने दाउमा रहेको छ। यस्तै सिंगापुर पनि आफ्नो पहिलो खेलमा जीत निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ। सिंगापुरविरुद्ध नेपाललाई जीत निकाल्न त्यति सहज भने नहुन सक्छ।
पछिल्लो समय लयमा रहेको घरेलु टोली सिंगापुरलाई हराउन नेपालले परिश्रम गर्नुपर्ने देखिन्छ। केही समय पहिला मलेसियामा भएको विश्वकप च्यालेञ्ज लिगमा सिंगापुरले निकै राम्रो प्रदर्शन गरेको थियो। यस्तै जुलाईमा भएको विश्वकप एसिया छनोटमा पनि नेपाललाई ८२ रनले पराजित गर्दै सिंगापुर ग्लोबल छनोटमा परेको थियो। आज नेपाललाई उक्त हारको बदला लिने मौका समेत रहेको छ। सिंगापुरको ब्याटिङ र बलिङ निकै लयमा देखिएको छ। नेपालको ब्याटिङमा समस्या नदेखिए पनि जिम्बावे विरुद्धको पहिलो खेलमा बलिङमा खराबी देखिएको थियो।







डिसी नेपाल








Facebook Comment