भारतीय सीमासँग जोडिएका जिल्लाहरूमा बालबालिका बेचबिखन बढी

डिसी नेपाल
१८ असोज २०७६ १३:०२

काठमाडौँ । भारतीय सीमासँग जोडिएका जिल्लाबाट सबैभन्दा बढी बालबालिका बेचबिखन तथा ओसारपसार भएको पाइएको छ । राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार खासगरी बाँके, सर्लाही, कञ्चनपुर, सप्तरी, सिराहा, सुनसरी, नवलपरासी, दोलखा, चितवन, सुर्खेत, दाङ, बैतडी लगायतका जिल्लामा बालबालिकालाई विभिन्न प्रलोभनमा पारी बेचबिखन तथा ओसारपसार गर्ने गरेको पाइएको हो।

परिषद्ले आर्थिक वर्ष २०७५÷७६ मा बाल विवाहसम्बन्धी विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषण भएका सामग्री अध्ययन प्रतिवेदन हेर्दा सो अवधिमा विभिन्न ९६ बालबालिका बेचबिखन तथा ओसारपसारमा परेका छन्। यस अवधिमा सबैभन्दा बढी तेस्रो चौमासिकमा ७७ बालबालिका बेचबिखन तथा ओसारपसारमा परेका छन् भने पहिलो चौमासिकमा १७ रहेका छन् । जसमा, ५९ बालक र ३७ बालिका छन्।

त्यस्ता घटनाबाट प्रभावित बालबालिकामध्ये ७३ प्रतिशत अर्थात् ७० बालबालिका अवैधरुपमा एक जिल्लाबाट अर्को जिल्ला लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेका घटना प्रकाशनमा आएका परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए । १७ बालबालिकालाई भारतमा कामदार तथा अन्य प्रयोजनका लागि लगेको र नौलाई भारततर्फ लागूऔषध ओसारपसार गर्न लगिएको देखिन्छ । प्रतिवेदनअनुसार यस अवधिमा २७ बालबालिकाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा २१ बालिका र छ बालक छन् । उमेरगत रुपमा हेर्दा १० देखि १८ वर्ष उमेरका बालबालिका छन् । रासस

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.