आपराधिक क्रियाकलाप संलग्न ‘बाघे’ पक्राउ

डिसी नेपाल
१ कार्तिक २०७६ १५:०३

काठमाडाैं। नेपाल प्रहरीले आपराधिक क्रियाकलापमा संलग्न ‘बाघे’ भनिने सन्देश लामालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न लामालाई आज दिँउसो पक्राउ गरेको हो।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका लामालाई स्वयम्भूबाट पक्राउ गरिएको जानकारी दिए। महाशाखाको टोलीले पक्राउ गरिएका लामालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी समेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.