छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
काठमाडौं । महोत्तरी, मोरङ र नबलपरासी (बर्दघाट सुस्ता पूर्व) का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।
महोत्तरी, सम्सि गाउँपालिका २ स्थित सडकमा ज।१ क ४६६ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने शेख कलिमको १२ वर्षीय छोरा महमद शेखको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङ, मिक्लाजुङ गाउँपालिका ९ पिपल चौकस्थित सडकमा मे १ त १३२९ नम्बरको ट्याक्टरबाट ओर्लने क्रममा ट्याक्टरको पछाडीपट्टीको चक्काले किच्दा गम्भीर घाइते भएका मिक्लाजुङ्ग गाउँपालिका ६ भण्डारी चौक बस्ने २२ वर्षीय मिलन कार्कीको लाईफ लाईन अस्पताल दमक झापामा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको छ।
ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नबलपरासी (बर्दघाट सुस्ता पूर्व), विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर नजिक सडकमा ना ६ ख ८११६ नम्बरको कन्टेनर अनियन्त्रीत भई सडकबाट करिब ३ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका कन्टेनरमा सवार नवलपरासी पश्चिम सरावल गाउँपालिका १ बस्ने १८ वर्षीय खेम चौधरीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।







डिसी नेपाल








Facebook Comment