कर्णालीको इतिहास बोकेको देउडा ‘आइजा मैना मेरा हुम्ला’ सार्बजनिक
काठमाडौं । कर्णालीको इतिहास बोकेको देउडा ‘आइजा मैना मेरा हुम्ला’ सार्बजनिक भएको छ। सोमबार मिडिया डबलीमा आयोजित कार्यक्रममा ‘आइजा मैना मेरा हुम्ला’ को ऐतिहाँसिक भिडियो विमोचन गर्दै चर्चित देउडा गायक नन्द कृष्ण जोशीले उक्त भिडियो प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटन मन्त्री योगेश भट्टराई दुबैले हेर्नुपर्ने भिडियो भएको बताए।

जोशीले भिडियो भिजिट नेपाल २०२०को सन्दर्भमा पश्चिमको उत्कृष्ट देउडा हुने ठोकुवासमेत गरेका छन् । कर्णाली कला संस्कृतिक तथा साहित्य प्रतिष्ठानको आयोजना र सर्वसम्मान म्युजिककोे सहकार्यमा भएको सो कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जोशीले भिडियोको निकै प्रशंसा गर्दै भने – कमला कर्णालीकी पुतली हुन् जस्ले सजिलै महुरीको काम गर्न सक्छिन्’ उनमा देखेको खुबीको प्रशंसा गरी उनी थाकेनन् अगाडी भने–‘देउडा सुदुर र मध्य–पश्चिमको संस्कृति, चिनारी हो र यसलाई कसैले विगारेर गाउँछ भने हामीलाई दुःख लाग्ने गर्छ तर कमलाको कलामा त्यो खुवि र नवरस पाएकोमा म गौरावान्भित छु’।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का महासचिब कर्णजित बुढाथोकी (सुशिल)ले देउडा भिडियोले राम्रो सन्देश दिएको भन्दै कलाकार कमला धामीको प्रशंसा गरे । त्यस्तै प्रतिनिधी सभाका सदस्य छक्कबहादुर लामाले विशेष गरी खसहरुको बस्ती रहेको कर्णालीमा पुरानो जिवनशैली भाषा संस्कृति रहेकाले त्यसलाई जार्गेन गर्न सो भिडियोले महत्वपूर्ण भुमिका खेल्ने धारणा राखे।

सांसद लामाले पर्यटन वर्ष २०२० लाई सघाउन त्यहाँको वस्तुस्थिती बुझेकाले सरकारको ध्यानकर्षण गर्न आफू लागी पर्ने प्रतिबद्धता जनाए। हुम्लाको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकाया ‘करुण’ले आफूहरुले गर्न नसकेको कार्य बाहिरबाट आएर उत्कृष्ठताका साथ गरेकोमा साँगीतिक समुहलाई धन्यवाद दिए ।

उनले अझै पनि केन्द्र र प्रदेश सरकारले स्थानीय तहलाई वास्तविकरुपले अधिकार दिन नचाहेकोप्रति रोष समेत व्यक्त गरे। आयोजक तथा सो देउडा भिडियो निर्माता कलाकार कमला धामीले कर्णाली प्रदेश विकट र गरिब भनि बदनाम भएपनि खासमा त्यस्तो नभई कर्णालीमा कुनै कुराको कमी नहेको धारणा राखिन् ।














डिसी नेपाल








Facebook Comment