कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १९ वर्षपछि पक्राउ
सांकेतीक तस्वीर-
काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार अमेरिकाको मियामी बस्ने झापा भद्रपुर नगरपालिका ९ घर भएका ४२ वर्षीय लिलाराज गौतम पक्राउ परेका छन्।
गौतम समेत भएको कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्म कैद फैसला भएका फरार गौतमलाई इन्टरपोलको सहयोगमा अमेरिकाको मियामीबाट पक्राउ गरी बुधबार काठमाडौं जिल्ला अदालत मार्फत कारागार कार्यालय डिल्लीबजार पठाइएको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ।
२०५७ असोज २९ गते राति सन्ध्या राजवंशीलाई सिताराम बस्नेतले घरबाट बोलाइ लगेको तथा गौतम र मनोज खड्का समेतले करणी गरी घाँटी थिची हत्या गरेपछि रुखमा झुण्डाएर भागेको र २०५७ असोज ३० गते बिहान झापाको चारआली जंगलमा सन्ध्याको शव झुण्डिएको अवस्थामा फेला परेको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment