९औं डब्लुडब्लुए अन्तर्राष्ट्रिय सम्मेलन शुरु

डिसी नेपाल
८ कार्तिक २०७६ २१:५२

काठमाडौं । राजधानीमा ९औं डब्लुडब्लुए अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । वल्र्ड विथ एंगर (डब्लुडब्लुए), ग्लोबल पीस फाउन्डेशन (जीपीएफ) नेपाल र समृद्धि कलेज, लोकन्थलीले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनको शुक्रबार उद्घाटन गरिएको छ ।

दुई दिन संचालनमा आउने उक्त सम्मेलनमा इक्यू फोर पिस विश्वव्यापी इंक, संयुक्त राज्य अमेरिका र नेशनल एसोसिएशन साइक्लोजिकल साईन्स (एनएपीएस्) भारतको अन्तर्राष्ट्रिय साझेदारी रहेको छ ।

सम्मेलनमा समग्र विषय भावनात्मक खुफिया, व्यवसायिक सफलता, शान्ति, शिक्षा र एक राम्रो जीवनको माध्यमबाट संसारमा शान्त समाज निर्माण गर्ने बारेमा हुनेछन् । उक्त सम्मेलनमा आठवटा राष्ट्र सहभागी भएका छन् ।

जसमा नेपाल, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, दक्षिण अफ्रिका र संयुक्त राज्य अमेरिकाबाट ३६ वटा अनुसन्धानपत्र प्रस्तुत गरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.