श्रीमानको हत्याको आरोपमा महिला पक्राउ
सांकेतीक तस्वीर
राजापुर। श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले बर्दियाको बाँसगढी नगपालिका–६ का ५० वर्षीया दिलमाया दरैलाई पक्राउ गरेको छ । दिलमायालाई श्रीमान् ५२ वर्षीय समला दरैको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।
हत्यापछि फरार रहेकी दिलमायालाई बाँकेको खजुरा गाउँपालिका–७ गुनानाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए। उनलाई इलाका प्रहरी कार्यालय मोतीपुरमा राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment