छिमेकीको पर्खालमा ठोक्किएर एक युवकको मृत्यु

डिसी नेपाल
१४ कार्तिक २०७६ १३:०४

भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा छिमेकीको पर्खालमा ठोक्किएर एक युवकको मृत्यु भएको छ ।

मदिरा सेवन गरी घर जाने क्रममा छिमेकीको पर्खालमा ठोक्किएर शुक्लाफाँटा नगरपालिका–६ वनसमितिका ३९ वर्षीय तोरण भण्डारीको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

“बढी मात्रामा मादक पदार्थ सेवन गरेकाले पर्खालमा ठोक्किएर निधारमा गहिरो चोट लागेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ”, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी सहायक निरीक्षक गजेन्द्र ऐरले भने, “बिहान मात्रै गाउँलेले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।” शव परीक्षणका अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.