पोकली झरनाको प्रचारमा पोकली झरना महोत्सव हुँदै

डिसी नेपाल
१४ कार्तिक २०७६ १३:१८

काठमाडौं। ओखलढुंगास्थित नेपालकै दोस्रो उचाइमा रहेको पर्यटकीय स्थल पोकली झरनाको प्रचारमा वृहत सांस्कृतिक पोकली झरना ओखलढुंगा महोत्सव हुने भएको छ। महोत्सव पोकली झरना सेवा समाजको आयोजनामा कात्तिक १६ र १७ गते २ दिनसम्म चल्नेछ।

पोकली झरनाको सौन्दर्यता र महत्वलाई विश्व स्तरमा चिनाउन तथा पर्यटन वर्षलाई केन्द्रित गरि यसको अधिकतम प्रचार–प्रसार गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको समाजका अध्यक्ष मिलनकुमार विष्टले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

पोकली झरना परिषरमा आयोजित उक्त वृहत सांस्कृतिक महोत्सवको नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोख्रेलले उद्घाटन गर्ने बताइएकाे छ ।

करिब १ सय ३० मिटर अग्लो यो झरनालाई नेपाल सरकारले ‘नेपालल भम्रण वर्ष २०२०’ को लागि १०० गन्तव्य सूचीमा समावेशसमेत गरेको छ । काठमाडौंबाट काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुली, रामेछाप जिल्ला हुँदै पोकली झरना पुग्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.