भीआईपी जुवाडेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश

डिसी नेपाल
१४ कार्तिक २०७६ १५:२१

काठमाडौं। दिपावलीका अवसरमा करिब ३ करोड रुपैयाँ सहित पक्राउ परेका २५ जना भीआईपी जुवाडेलाई सात दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको छ। पक्राउ परेका जुवाडेले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटामाथि सुनुवाई गर्दै बिहीबार सर्वोच्चले यस्तो आदेश दिएको हो।

यही कात्तिक १० गते बिहान काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको थियो।

पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन्।

यसैगरी हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.