पाँच नम्बर प्रदेशको राजधानी दाङलाई बनाउने प्रचण्डको संकेत
फाईल तस्बिर
दाङ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच नम्बर प्रदेशको राजधानी दाङ बनाउने संकेत गरेका छन्। उनले बुटबल अस्थायी केन्द्र भएको उल्लेख गर्दै दाङलाई नै पाँच नम्बर प्रदेशको केन्द्र बनाउने विषयमा आफू र प्रधानमन्त्री केपी ओली सकारात्मक रहेको बताए।
बुधबार दाङमा पत्रकारसँग गर्दै अध्यक्ष प्रचण्डले पाँच नम्बर प्रदेशको राजधानी कहाँ बनाउने भन्ने विषयमा छलफल जारी रहेको र आफू र प्रधानमन्त्री ओली दाङलाई राजधानी बनाउने विषयमा सकारात्मक रहेको बताएका हुन्।
‘सबैलाई पायक पर्ने ठाउँमा राजधानी बनाउनुपर्छ भनेर मैले पहिला देखि नै भन्दै आएको हुँ,’ प्रचण्डले भने, ‘सबैलाई पायक पर्ने ठाउँ भनेको यही (दाङ) नै हो। हिजाको आन्दोलन, त्याग र बलिदानको हिसावले पनि दाङको योगदान धेरै छ।’
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment