विकास योजनाको प्राथमिकीकरण गरी कार्यान्वयन सुरु, निजी क्षेत्र आशावादी

डिसी नेपाल
२१ कार्तिक २०७६ १३:०३

पाल्पा। तानसेन नगरपालिकाले विकासका योजनाहरुमा प्रभावकारीता ल्याउन योजनाहरुको प्राथमिकिकरण गरि कार्यान्वयन सुरु गरेको छ। विज्ञहरुको सहयोगमा योजनाहरुको प्राथमिकिकरण गरिएको हो ।

योजनाहरुको प्राथमिकिकरणले ठूला र नगरको दीर्घकालिन विकासमा प्रभावपार्ने योजनाहरुमा बजेट विनियोजन गर्न सजिलो भएको छ। विगतको बजेट परिपाटीले ठूला योजनाहरुमा भन्दा टुक्रे योजनाहरुमा बजेट विनियोजन हुने र आशातित प्रतिफल नआउने भएकोले योजना प्राथमिकिकिरण गरिएको नगर प्रमुख अशोक कुमार शाहीले बताए ।

नगरले १५ ठूला योजनाहरुको पहिचान र प्राथमिकिकरण गरेको योजना प्रमुख विष्णु पौडेलले जानकारी दिए। तानसेन मात्र नभइ समग्र पाल्पा कै विकासमा प्रभाव पार्ने योजनाहरु प्राथमिकिकरणमा परेको योजना प्रमुख पौडेलले बताए।

कसरी गरियो योजना प्राथमिकिकरण

नगरपालिकाले योजनाको प्राथमिकिकरण गर्न नगर क्षेत्रका सरोकारवालाहरुसंग गहन रुपले छलफल गरेको योजना प्रमुख पौडेलले बताए। नगरको विकासलाई केन्द्रमा राखेर योजनाहरुको छनोट गरिएको हो उनले थपे ।निर्वाचित जनप्रतिनिधिहरु, उद्योग वाणिज्य संघ तथा व्यापार संघका प्रतिनिधिहरु, विश्व विद्यालय तथा शिक्षण संस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी तथा अन्य सरोकारवालाहरु संगको छुट्टा छुट्टै तथा संयुक्त रुपमा छलफल गरिएको हो। यसरी योजना प्राथमिकिकरणका लागि विषय विज्ञहरुको सहयोग लिइएको योजना प्रमुख पौडेलले बताए।

किन गरिन्छ योजनाको प्राथमिकिकरण

योजनाकोहरुको प्राथमिकिकरणले योजनाहरुको वर्गीकरण गरि कुन योजनालाई कहिले र किन गर्नु पर्ने भन्ने प्रश्नको जवाफ खोजीने प्रक्रिया हो। योजनाहरुको प्राथमिकिकरण नहुंदा बजेटको बांडफाड बैज्ञानिक नहुने, बजेट छरिने तथा आशितित प्रतिफल नआउने हुन्छ।

योजनाहरुको प्राथमिकिकरणले नगरले सोचेका लक्ष्यहरु पुरा गर्न सहज बनाउछ। बजेटको ठूलो हिस्सा प्राथमिकिकरणमा परेका योजनामा जान सक्ने हुदा नगरको विकास प्रयास सहज हुने र यस प्रक्रियाले दीर्घकालिन विकासमा सहयोग पुग्छ ।

तानसेन नगरपालिकाले विभिन्न श्रीनगर क्षेत्र सौन्दर्यकरण, इको वसपार्क, नगर यातायात, फोहोरमैला व्यवस्थापन, रानीमहल व्यवस्थापन, हाइवे रिफ्रेसमेन्ट केन्द्रहरु रहेका छन। नगरले आफ्नो विकासमा पर्यटन विकासलाई केन्द्रमा राखी योजनाहरु छानेको पर्यटन विकास संयोजक सागरमान महर्जनले बताए। यी योजनाहरुको कार्यावयनले तानसेनको विकासमा सकारात्मक प्रभाव पर्ने संयोजक महर्जनले थपे ।

प्राथमिकतामा परेका योजनाहरुको कार्यान्वयन

योजनाहरुको कार्यान्वयनको लागि यसै आर्थिक वर्षबाट बजेट विनियोजन समेत गरिएको नगर प्रमुख शाहीले बताए । केन्द्र सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने बजेटलेमात्र योजनाहरु सम्पन्न गर्न श्रोतको अभाव हुने भएकोले निजी क्षेत्रसंगको सहकार्यमा अगाडी बढ्न लागेको प्रमुख शाहिले बताए । सार्वजनीक निजी साझेदारीमा विकास योजनाहरु कार्यान्वयन गर्न आवश्यक निती, ऐन तथा नियमावली यसै वर्ष तयार भएको र कार्यान्वयनको दिशामा अगाडी बढेको सार्वजनिक निजी साझेदारी कार्यक्रमका सम्पर्क व्यक्ति दुर्गा बहादुर थापाले बताए ।

निजी क्षेत्र आशावादी

तानसेन नगरपालिकाले योजनाहरुको प्राथमिकिकरण गरि निजी क्षेत्रसंगको सहकार्यका लागि गरेको पहल निकै उत्साहजनक रहेको उद्यमी भिमसेन कार्कीले बताए। उद्योगीहरु नगरपालिकासंग हातमा हात मिलाएर विकासमा सहभागि हुन आतुर भएको बताउने उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठले बताए। नगरले सार्वजनिक निजी साझेदारीमा कार्य गरि निजी क्षेत्रको सहभागिता गराउन खोजेका यो पहिलो पटक होे भन्दैउद्योगीहरु नगरको विकासमा प्रतिबद्द रहेको बताउदै लगानीका अवसरहरुमा निजी क्षेत्रले उपयोग गर्ने अध्यक्ष श्रेष्ठले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.