आजदेखि स्काउट क्याम्पोरी

डिसी नेपाल
२२ कार्तिक २०७६ ८:५२

चितवन । भरतपुर महानगरपालिका–३ नारायणगढमा रहेको भृकुटी बोर्डिङ स्कूलको आयोजनामा आज देखि तीन दिनसम्म भृकुटी नमूना स्काउट क्याम्पोरी २०७६ शुरु हुँदैछ। नेपाल स्काउट चितवनको संरक्षकत्वमा जिल्लामा चौथोपटक क्याम्पोरी हुन लागेको हो।

कार्यक्रम संयोजक रामु पाण्डेका अनुसार क्याम्पोरीमा चितवनसहित १४ जिल्लाका ८०० विद्यार्थी र २०० जना रोवर, रेञ्जर र शिक्षक सहभागी हुने कार्यक्रम रहेको छ। क्याम्पोरीका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको उनले जानकारी दिए ।

स्कूलका प्राचार्य रामजी पाण्डेका अनुसार क्याम्पोरीमा सहासी, मनोरञ्जनात्मक र बौद्धिक तालीमसहित विभिन्न गतिविधि गराइनेछ। युवालाई दुव्र्यसनबाट रोक्ने र रचनात्मक क्रियाकलापमा सहभागी गराउने उद्देश्यका साथ क्याम्पोरी गर्न लागिएको हो।

११ देखि १६ वर्षसम्मका विद्यार्थीलाई स्काउट भनिन्छ भने १६ देखि २५ वर्षसम्मका युवालाई रोवर र युवतीलाई रेन्जर भनिन्छ।

स्कूलका सहायक प्राचार्य होमनाथ न्यौपानेका अनुसार आज फ्याग होस्टिङ गर्ने कार्यक्रम रहेको छ भने शनिबार साँझ ५ बजे ग्र्यान्ड क्यामफायरसहित उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

न्यौपानेले गएको शैक्षिक सत्रमा एसइई परीक्षामा निकै राम्रो नतिजा पाएकै वर्ष भव्य कार्यक्रम गर्ने अवसर विद्यालयले प्राप्त गरेकामा विद्यार्थीहरु उत्साहित भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.