भरतपुर अस्पतालको भर्‍याङमा झुण्डिएको अवस्थामा एक व्यक्तिको शव फेला

डिसी नेपाल
२३ कार्तिक २०७६ १०:५१

चितवन । चितवनस्थित भरतपुर अस्पतालको भर्‍याङमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

अस्पतालको मेडिसिन विभाग नजिकको भर्‍याङमा झुण्डिएको अवस्थामा लमजुङको दूधपोखरी गाउँपालिका २ का विष्णु सुनारको घाँटीमा रुमाल जस्तो सलको पासो छ।

गएराति करिब ८ बजे उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सुनार श्रीमतीलाई उपचार गराउन कार्तिक १७ गते भरतपुर अस्पताल आएका थिए। हाल सुनारको शव अस्पतालमै राखिएको र आत्माहत्या बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.