पोखरामा भीषण आगलागी, ६ पसल पूरै ध्वस्त अन्यमा आंशिक क्षति

डिसी नेपाल
२३ कार्तिक २०७६ १३:१५

पोखरा। कास्कीको तालचोकमा रहेको लेकसिटी मिनी मार्केटमा हिजो राती आगलागी भएको छ । करिव सवा ९ बजे देखि आगलागी शुरु भएको स्थानियले वताएका छन् । आगो दमकल र पानी टंयाकरको सहयोगमा करिव २ घण्टा पछी नियन्त्रणमा आएको थियो ।

आगलागी वाट ६ वटा पसल ध्वस्त र अन्य आशिंक आगलागी भएका छन् । आगलागी वाट भवन वाहेक करिव १ करोडको क्षती भएको हुन सक्ने प्रारम्भीक अनुमान स्थानियले गरेका छन् । आगलागी भएको स्थानमा विहानै लेखनाथ उद्योग वाणिज्य संका अध्यक्ष वलराम ढकाल लगाएतका पदाधिकारी, स्थानिय व्यवसायी, मेयर मान वहादुर जिसी, वडा नं २७ का वडा अध्यक्ष पुर्ण पुर्ण कुमार गुरु लगाएतले अवलोकन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.