पत्रकार मञ्चले पत्रकार राहत कोष बनाउने

डिसी नेपाल
२३ कार्तिक २०७६ १६:४५

काठमाडौं । नेपाल पत्रकार मञ्चले पत्रकार राहत कोष बनाउने भएको छ। मञ्चको काठमाडौंको जहरसिंहपौवामा सम्पन्न विस्तारित बैठकले यस्तो कोष बनाउने निर्णय गरेको मञ्चका अध्यक्ष युवराज विद्रोहीले जानकारी दिए।

बैठकमा पत्रकारहरुको निम्ति राहत कोषको व्यवस्थापन गर्न उदयनारायण भट्टराईको संयोजकत्वमा मञ्चको कोरिया शाखाका अध्यक्ष सन्तोष खड्का तथा क्यानडा शाखाका अध्यक्ष श्रीकृष्ण फुँयाल सदस्य रहेको समिति गठन गरेको छ ।

बैठकले पत्रकार मञ्चको हालको सांगठानिक संरचनामा परिवर्तन गर्न विधान संशोधन गर्ने निर्णय समेत गरेको छ । १७ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको वर्तमान संरचनामा एकजना वरिष्ठ उपाध्यक्ष र महिला सचिव रहने व्यवस्थासहित विधान संशोधन गरी आगामी अधिवेशनमा प्रस्तुत गर्ने निर्णय भएको अध्यक्ष विद्रोहीले जानकारी दिए।

बैठकमा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले पत्रकारहरुको हकहित र बृत्ति विकासका निम्ति मञ्चले स्थापना कालदेखि नै विभिन्न रचनात्मक गतिविधिहरु आयोजना गर्दै आएको बताएका थिए। उनले संस्थागत रुपमा समेत मञ्चले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएकोमा यसलाई निरन्तरता दिने बताए।

यस्तै मञ्चका महासचिव विमलकुमार थापाले मञ्चले सम्पन्न गर्ने कार्यक्रमहरु स्वभाविक रुपमा पत्रकार लक्षित हुने भएकाले यसलाई अझ सिर्जनात्मक रुपमा अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.