तनहुँमा मन्दिर र नदी किनारमा २ व्यक्तिको शव फेला
सांकेतिक तस्बिर
दमौली । जिल्लाका छुट्टाछुट्टै ठाउँमा आज दुई शव फेला परेका छन् ।
आँबुखैरेनी र देवघाट गाउँपालिकामा एक पुरुष र एक महिलाको शव फेला परेको हो । उनीहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
आबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी नदी किनारमा महिलाको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
यस्तै देवघाट गाउँपालिका–५ स्थित गलेश्वर मन्दिरको छेउमा पुरुषको शव फेला परेको छ ।
दुवै जनाको पहिचान खुलाउन प्रयास भइरहेको लामिछाने बताए । रासस
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment