रूपज्योतीलाई आज अदालत पेश गरिँदै, आफ्नो पक्षमा वकिल नराख्ने
काठमाडौं। ठगी मुद्दामा पक्राउ परेका व्यवसायी डा. रुपज्योतिले वकिल नराखी आफै प्रतिरक्षा गर्ने भएका छन्। बहस कानुन व्यवसायीले मात्रै गर्न पाउँछन् भने आफ्नो मुद्दाको आफै प्रतिरक्षा गर्न भने पाइन्छ।
जिल्ला अदालत काठमाडौंमा आइतबार उनलाई पेश गरिँदैछ। ‘उहाँले वकिल नराखी आफै प्रतिरक्षा गर्ने हुनुभएको छ’ ज्योति समूहका एक कर्मचारीले भने, ‘वकिल होइन म आफै सिधै प्रतिरक्षा गर्छु भन्नुभएको छ।’ शुक्रबार ज्योतिका तर्फबाट तीन जना वकिल थिए। स्रोतका अनुसार ज्योतिका तर्फबाट बहस गर्न केही अरु वकिललाई समेत सम्पर्क गरेका थिए।
शुक्रबार अनुसन्धानका लागि म्याद थप गरेपछि काठमाडौं जिल्ला अदालतका न्यायधिश सूर्यनाथ अधिकारीलाई ज्योतिले प्रश्नमाथि प्रश्न राखेका थिए। उनले आफू कुन आरोपमा पक्राउ परेको हो भन्ने प्रश्न राखेका थिए। ‘मैले के गल्ती गरेर समातियो? मेरो अपराध के हो? भर्खरै व्यवसायमा प्रवेश गर्न लागेकी मेरी छोरीको के दोष छ ?’ ज्योतिले न्यायधिश अधिकारीसँग प्रश्न गरेका थिए।







डिसी नेपाल








Facebook Comment