घुस लिएको अभियोगमा अदालतमा कार्यरत नासु पक्राउ

डिसी नेपाल
२४ कार्तिक २०७६ २३:३८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले रु १५ हजार घुस लिएको अभियोगमा जिल्ला अदालत पश्चिम रुकुममा कार्यरत नायब सुब्बा रमेशकुमार खड्कालाई पक्राउ गरेको छ ।

नायब सुब्बा खड्कामाथि अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला दर्ता पूर्जी उपलब्ध गराउनुपर्नेमा नगराई एक सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगको सुर्खेतबाट गएको टोलीले यही कात्तिक २२ गते खड्कालाई रु १५ हजार घुससहित मुसिकोट नगरपालिका– १ खलङ्गास्थित राप्ती होटलबाट पक्राउ गरिएको हो ।

आयोगले अनुसन्धान कार्य जारी रहेका कारण उल्लेख गर्दै खड्काको पक्राउबारे आज सार्वजनिक रुपमा जानकारी दिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *