कोशी ब्यारेजमा प्रहरी देखेपछि ५ किलो गाँजा फालेर तस्कर फरार

डिसी नेपाल
२५ कार्तिक २०७६ ७:२०

हनुमाननगर । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट आइतबार पाँच किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको छ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको टोलीले सो गाँजा बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरीलाई देखेपछि गाँजा बोकेको तस्कर फरार भएका छन् । बरामद प्रतिबन्धित लागुऔषध गाँजा आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय, भारदहमा बुझाइएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *