डा. केसीलाई लिन सेनाको हेलिकप्टर डडेल्धुरामा

डिसी नेपाल
२५ कार्तिक २०७६ ११:५३

काठमाडौं। कात्तिक १८ गतेदखि डडेल्धुरमा अनशनरत डा. गोविन्द कोसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ। केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालले आइतबार नै विज्ञप्ति गारी गरेर केसीलाई सुविधा सम्पन्न अस्पतालमा लैजान आग्रह गरेको थियो। डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सोमबार नेपाली सेनाको हेलिकप्टर उनलाई लिन डडेल्धुरा पुगेको हो। तर डा.केसीले आफू ठिक रहेको भन्दै आउने मानेका छैनन्।

सोमबार नै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले डा. केसीले उठाउँदै आएका मुख्य माग सम्वोधन भइरहेको भन्दै अनशन तोड्न आग्रह गरेका थिए।

डडेल्धुरा जिल्ला अस्पतालका अनुसार डा। केसीको ब्लड प्रेसर घट्न लागेको, मुटुको चालमा वृद्धि भई समस्या देखिएको, रगतमा अक्सिजनको मात्रा घटेको, मिर्गौलामा समस्या देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.