लायन्सको दोस्रो क्याबिनेट बैठक गैँडाकोटमा हुने

डिसी नेपाल
२५ कार्तिक २०७६ १२:१७

चितवन । लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वी टूको दोस्रो क्याबिनेट बैठक यही कार्तिक २९ र ३० गते गैँडाकोटमा हुने भएको छ। सोही डिष्ट्रिक्टको एरिया नं ३ को आतिथ्यतामा बैठक हुन लागेको हो।

कार्यक्रम संयोजक एरिया नं ३ का चिफ एरिया कोअर्डिनेटर प्रकाशचन्द्र भट्टराईका अनुसार बैठकमा डिष्ट्रिक्टका चार सय लायन्स क्लबका दुई हजार हाराहारीको सहभागिता हुनेछ।

उनीहरुका लागि आवास, खानालगायत कार्यक्रमको व्यवस्थापन विभिन्न समितिमार्फत गरिएको छ।

डिष्ट्रिक्टका गभर्नर अनुप पहाडीका अनुसार बैठकमा लायन्स क्लबहरुले सेवाका क्षेत्रमा गरेका कामको अनुमोदन र भावी योजनाहरुका विषयमा एजेन्डागत रूपमा छलफल गरिनेछ।

आगामी दिनमा गरिने ठूला परियोजना र विगतमा भएका त्यस्ता परियोजनाहरुको विशेष समीक्षा पनि बैठकमा हुनेछ।

डिष्ट्रिक्टका सेकेन्ड भाइस गभर्नर रामप्रसाद भट्टले दोस्रो बैठक भ्रमण वर्षको सङ्घारमा चितवन क्षेत्रमा हुनुले यसले पर्यटन प्रवद्र्धनमा विशेष सहयोग पुग्ने बताए।

लायन्सको डिष्ट्रिक्टको एक वर्षमा चारवटा यस्ता बैठक हुन्छन्। यसअघि पहिलो बैठक काठमाडौँमा भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.