कास्की–२ मा विद्या भट्टराईको घरदैलो अभियान

डिसी नेपाल
२६ कार्तिक २०७६ ७:०७

पोखरा। मंसिर १४ गते कास्की निर्वाचन क्षेत्र नं. २ मा हुन गइरहेको संसदीय उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रत्यासी उम्मेदवार विद्या भट्टराई अधिकारीले समृद्ध देशका लागि उद्यमशिल युवा बनाउनु पर्ने बताएकी छन्।

भट्टराईले समृद्ध नेपाल निर्माणको लागि एक आधारशिला वर्तमान सरकारको लक्ष्य भएको हुँदा सो प्राप्तिका लागि युवाहरूलाई उद्यमशिल बनाउन र उत्पादनमुखी काममा सरिक बनाउन आफू विशेष जोड दिने बताइन्।

उनले कम्युनिष्टहरू अग्रगामी हुने हुँदा समाज र राष्ट्रलाई अगाडि बढाउन कम्युनिष्ट पार्टीका प्रतिनिधिहरूले जनचाहनाको उच्च कदर गर्दै आफ्ना कार्यहरू सो कुरामा केन्द्रीत गर्नुपर्ने बताइन्।

भट्टराईले सो कुरा आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पोखरा महानगरपालिका वडा नं. ४ का जनताहरूसँग प्रत्यक्ष भेट पश्चात आयोजित कोणसभालाई सोमबार सम्बोधन गर्दै बताएकी हुन्।

विगतको निर्वाचनमा आफ्नो पार्टीले वाचागरेका प्रतिवद्धताहरू र जनताका आकांक्षाहरू आफ्नो निर्वाचनको केन्द्रविन्दू रहेको भन्दै सोही अनुसार आफू अघि बढ्ने बताइन्। जन सहभागिता बिना राजनीतिक भूमिका विस्तार हुन नसक्ने र प्रभावकारी राजनीतिक भूभिका बिना सभ्य र विकसित समाजको निर्माण हुन नसक्ने भन्दै सबै जनताहरू राजनीतिकरूपमा सचेत भएर जन प्रतिनिधिहरूलाई निरन्तर खवरदारी गर्न आग्रह गरिन्।

यस अघि भट्टराईले सोमबार बिहान सो वडाको नालाको मुख स्थित नेपाली राजनीतिका लौह पुरुष स्व. गणेशमान सिंहको शालिकमा माल्र्यापर्ण गरी उक्त वडाको जनताहरूसँग भेटघाट शुरू गरेकी थिइन्।

नेता, कार्यकर्ताहरूका साथमा जनसाक्षात्कार गरेकी उम्मेदवार भट्टराईलाई सो वडाका वासिन्दाहरूले यस पालिको निर्वाचनमा दोब्बर मतले निर्वाचित गराउने प्रपितवद्धता व्यक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.