आलमलाई रातारात काठमाडौँ ल्याइयो, नख्खु कारागारमा राखिने

डिसी नेपाल
३० कार्तिक २०७६ १०:३३

काठमाडौँ । रौतहट जिल्ला अदालतले नेपाली कांग्रेसका नेता मोहम्द अफताब आलमलाई रातारात काठमाडौँ ल्याइएको छ । आलमलाई ललितपुरस्थित नख्खु कारागार ल्याइएको हो ।

१२ वर्षअघि बम बनाउँदा विस्फोट भएर घाइतेलाई इटाभट्टामा हालेको आरोपमा पक्राउ परेका आलमलाई शुक्रबार अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

आलमलाई जिल्लामा राख्न सुरक्षा जोखिम भएकाले रौतहटको गौरबाट शनिबार विहान ४ बजे नख्खु कारागार ल्याइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.