भालुको आक्रमणबाट युवक गम्भीर घाइते

डिसी नेपाल
३० कार्तिक २०७६ १२:५७

बाजुरा । भालुको आक्रमणमा परी एक युवक घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको त्रिवेणी नगरपालिका–९ बाँगापाटाका ३३ वर्षीय दीर्घबहादुर थापा रहेका छन्।

आज बिहान गाउँमाथिको खोया लेकमा पशुचौपायाका लागि घाँस काट्न गएको समयमा भालुले आक्रमण गरी थापालाई गम्भीर घाइते बनाएको स्थानीय प्रेमबहादुर सार्कीले जानकारी दिए।

घाइते थापा आक्रमणलगत्तै कराएपछि नजिकै रहेका स्थानीय गोठालाले जानकारी पाएपछि भालुलाई भगाएर बचाउन सफल भएका सार्कीले बताए ।

आक्रमणमा परी गम्भीर घाइते भएका थापालाई उपचारका लागि छिमेकी जिल्ला अछामस्थित बयालपाटा अस्पताल लगिएको छ। थापाको टाउको, मुख तथा हातमा गम्भीर चोट लागेको बताइएको छ।

जिल्लाका विभिन्न ठाउँमा भालुले मन पराउने कोदो, मेल, डिम्भरजस्ता फलफूल पाक्ने समय भएकाले यो समयमा हिँड्दा होस् गरेर हिँड्नसमेत जिल्ला डिभिजन वन कार्यालयले अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.