नेपाली भूमि अतिक्रमणविरुद्ध काठमाडौंमा पदयात्रा

डिसी नेपाल
१ मंसिर २०७६ १८:१९

काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा काठमाडौंमा पदयात्रा पनि निकालिएको छ ।

‘सीमा बचाऔं–नेपाल’ नामक अभियानको आह्वानमा आईतबार दिउँसो काठमाडौंको भृकुटीमण्डप, पुतलीसडक, बाघबजार हुँदै रत्नपार्कसम्म भारतीय सीमा अतिक्रमणको विरुद्धमा पदयात्रा निकालिएको हो ।

पदयात्रामा सहभागी भएकाहरुले ‘लिम्पियाधुरा, कालापानी र लिपुलेख नेपाली भूमि हो,’ ‘तत्काल सीमा अतिक्रमण बन्द गर’ लगायतका नाराबाजी गर्दै भारतको चर्को विरोध गरेका थिए ।

उनीहरुले पदयात्राका क्रममा नेपालको एक इन्च भूमि पनि नछाडने चेतावनीसहितको प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए । यसै गरी आईतबार स्रष्टाहरुले पनि भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा आपत्ति जनाउँदै काठमाडौंमा प्रर्दशन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.