समाजवादी पार्टीको सिस्टममा समस्या छ : नेता किराँती

डिसी नेपाल
२ मंसिर २०७६ ११:११

काठमाडौँ । समाजवादी पार्टीका युवानेता मिलनकान्छा किराँतीले आफ्नो पार्टीको सिस्टममा समस्या रहेको बताएका छन् ।

पार्टीका केन्द्रीय परिषद सदस्यसमेत रहेका किराँतीले पार्टीभित्र सिस्टमको स्वच्छतालाई आत्मसात गरेर आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँन नसके देशले समृद्धि र समाजवाद देख्न कठिन हुने बत्ताए ।

परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईका अध्यक्षतामा हालै सम्पन्न परिषदको बैठकमा सबै परिषद सदस्यहरुलाई निमन्त्रणा नगरिएपछि उनले शिर्षनेतृत्वलाई फितलो सञ्चार व्यबस्थापनबारे प्रश्न उठाएका थिए।

हालै सम्पन्न केन्द्रीय समितीको बैठकले गरेको मङ्सिरदेखि चैत्रसम्मको संगठन विस्तार र सुदृढिकरण अभियानको निर्णयलाई स्वागतगर्दै सबै पार्टीपङ्ति सिस्टमलाई मजबुत बनाउन लाग्नुपर्ने उनले बताए ।

राजनैतिक र साहित्यिक दुवै क्षेत्रमा सक्रियता दैखाउदै आएका उनी समाजवादी पार्टी प्रवास क्षेत्रका प्रभावशाली नेता मानिन्छन् । उनले देशको सीमानाको समस्याबारे सरकार गम्भीर हुननसके डबल नेकपाको स्तर आगामी निर्वाचनमा जनताले राम्रै देखाउने बताए ।

यसबारे आफ्ना पार्टीका शिर्षनेतृत्वको अभिव्यक्ति आएर मात्र नहुने यथाशक्य पार्टीको आधिकारिक धारणासहित एक्सन लिनुपर्ने र संविधान संशोधनको निम्ति डबल नेकपा तयार नरहेकोले केन्द्रीय समिती अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिनुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.