वर्षेनी बालअधिकार हननका घटना बढ्दै, हराए २३ सय ३० बालबालिका

डिसी नेपाल
३ मंसिर २०७६ १८:२६

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा बाल अधिकार हनन्को घटना बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले नेपालमा वर्षेनी बाल अधिकार हनन्को घटना बढदै गएको जानकारी दिएकी हुन् । उनले हाल २ हजार ३ सय ३० जना बालबालिका हराईरहेको उल्लेख गर्दै उनीहरुको अवस्थाबारे सरकार समेत बेखवर रहेको पनि स्पष्ट पारिन् ।

‘नेपालमा हाल २ हजार ३ सय ३० जना बालबालिका हराईरहेको हाम्रो अध्ययनले देखाएको छ,’ मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘तर यसबारे सरकार पूरै बेखवर छ ।’ यसबारे गैर सरकारी संस्थाहरुले पनि वास्ता नगरेको आयोगको निष्कर्ष छ ।

आयोगले बाल अधिकार हनन्को घटना हुन नदिन अर्बौैको डलर देश भित्र्याएको सरकार उनीहरुको दयनीय अवस्थाबारे बेखर हुनु दुःखद् भएको टिप्पणी पनि गरेको छ । आयोगकी प्रवक्ता अन्सारीले सरकारसँग बाल अधिकार हनन्का घटनाबारे कुनै जानकारी नै नभएको पनि बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.