गायक विष्णु खत्री लगातार तेस्रोपटक पराजित

डिसी नेपाल
९ मंसिर २०७६ ९:१७

काठमाडौं। गायक विष्णु खत्री राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा तेस्रोपटक पनि पराजित भएका छन्।

पोखरामा भएको प्रतिष्ठानको सातौं केन्द्रीय महाधिवेशनबाट अध्यक्षमा गीतकार रमेश विजी बिजयी भएसंगै खत्रीले लगातार तीनपटक हार ब्यहोरेका हुन्।

महाधिवेशनमा खत्रीलाई ३९ मत अन्तरले पराजीत गर्दै विजी अध्यक्षमा विजयी भएका हुन्। विजीले ५ सय ८४ मत प्राप्त गर्दा खत्रीले ५ सय ४५ मत प्राप्त गरे।

यसअघि खत्री गायक चन्द्र शर्मा र बद्री पंगेनीसंग पराजित भईसकेका थिए।

२०७० सालको महाअधिवेशनमा गायक चन्द्र शर्माले ७ सय ९१ मत प्राप्त गरेर अध्यक्षमा विजयी भएका थिए भने खत्रीले ४ सय ११ मत ल्याएर पराजित भएका थिए।

त्यस्तै ०७३ सालको महाअधिवेशमा गायक बद्री पंगेनीले ८ सय ८८ मत ल्याएर विजयी भएका थिए खत्रीले ५ सय ८ मत ल्याएर दोस्रोपटक पराजित भएका थिए।

यसअघि धेरै मतअन्तरले पराजित भएका खत्री तेस्रोपटक भने थोरै मात्र मतअन्तरले पराजित भए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.