कोठामा जसको पोस्टर टाँस्थे उसैसँग बिहे, २१ वर्षपछि सम्बन्धविच्छेद

डिसी नेपाल
१० मंसिर २०७६ ९:४७

एजेन्सी। अर्जुन रामपालले एक मोडलको रुपमा आफ्नो करिअर सुरु गरेका थिए । फिल्ममा आउनको लागि उनले धेरै संघर्ष गर्नुपर्यो तर विस्तारै उनले आफ्नो स्थान बनाए । मुख्य भूमिकामा उनी धेरे सफल रहेनन् तर सपोर्टिङ रोलमा उनको अभिनयलाई धेरै मन पराइयो ।

२६ नोभेम्बर १९७२ मा जन्मिएका अर्जुन रामपाल अहिले आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छन् । अर्जुनले सन् १९९८ मा मिस इण्डिया तथा सुपरमोडल मेहर जेसियासँग बिहे गरेका थि । त्यतिबेला अर्जुन रामपाल एक संघर्षरत अभिनेता थिए र मेहर त्यतिबेला सुपरमोडल थिइन् ।

अर्जुन आफ्नो कोठामा मेहरको पोस्टर टाँस्थे र भन्थे कि पत्नी यस्ती हुनुपर्छ । उनको यो कुरा सत्य साबित भयो । उनको बिहे त्यही मोडलसँग भयो जसको पोस्टर उनी कोठाको भित्तामा टाँस्थे । दुवैको बिहे भएपछि २१ वर्ष सम्बन्ध राम्रै चल्यो तर त्यसपछि भने यो जोडी छुट्टियो ।

अर्जुनका २ छोरी छन् उनीहरु आमासँग बस्छन् । अर्जुन र मेहरबीच २०११ देखि नै मनमुटावको खबर आइरहेका थिए । २०१८ मा उनीहरुले छुट्टिने घोषणा गरेका थिए । घोषणापछि अर्जुन भाडाको घरमा सरेका थिए । यो सम्बनधपछि अर्जुन आफ्नो व्यत्तिःगत जीवनमा अगाडि पनि बढेका छन् । अर्जुनले गर्लफ्रेण्ड ग्याब्रिएलासँग बिहे गर्ने पनि चर्चा छ । उनीहरुले यसबारे आधिकारिक केही भनेका छैनन् । केही समयअघि ग्याब्रिएलाले छोरा जन्माएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.