होटलकै कर्मचारीले कोठामा क्यामेरा लुकाएर गोप्य भिडियो खिचे, त्यसपछि यस्तो खेल खेले
Close up of intimate couple holding hands while having sex on bed. Focus on hands.
एजेन्सी। ओडिशाको राजधानी भुवनेश्वरमा एउटा आश्चर्यजनक घटना सार्वजनिक भएको छ । यहाँको पश क्षेत्रमा आइआरसी भिलेजमा रहेको एक होटलमा पुलिसले छापा मारेर कोठामा जडान गरिएका गोप्य क्यामेरा बरामद गरेको छ । यस विषयमा पुलिसले होटलका २ कर्मचारीलाई पक्राउ गरेको छ ।
आज तकको समाचारअनुसार यी दुई आरोपीले होटलमा जडान गरिएका यी क्यामेराबाट जोडीको गोप्य भिडियो बनाएर ब्ल्याकमेलिङको खेल खेल्थे । होटल आर्य रेसिडेन्सीमा कोठा र बाथरुममा समेत गोप्य क्यामेरा जडान गरिएका थिए । पुलिसलाई होटलको बारेमा उजुरी आएपछि छापा मारिएको थियो । उजुरी गर्ने महिलाले बताएअनुसार केही समय अगाडि उनी होटल आर्य रेसिडेन्सीमा आफ्ना साथीहरुसँग जन्मदिनको पार्टी मनाउन गएकी थिइन् ।
त्यसको केही दिनपछि महिलालाई एक फोन आयो । आरोपीले महिलालाई उनको अन्तरंग पलको भिडियो आफूसँग भएको र त्यसलाई भाइरल गर्न लागेको बताए । आरोपीले महिलालाई पैसा नदिए भिडियो इन्टरनेटमा हालिदिने धम्की दिएका थिए । यो फोनपछि महिलालाई होटलको स्टाफमाथि शंका भयो । त्यसपछि उनले पुलिसमा उजुरी दिएकी थिइन् ।







डिसी नेपाल








Facebook Comment