छतिस हजार नगद सहित एक जना पक्राउ

डिसी नेपाल
१८ मंसिर २०७६ २१:२१

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले सहकारी संस्थाको र बैंकका सटर फुटाइ चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राप्ति नगरपालिका ३ लोथर घर भई हाल बेनिघाट गाउपालिका ५ बस्ने १८ बर्षका निरज चेपाङ रहेको धादिङ प्रहरीले जनाएको छ ।

मंसिर ८ गते कषि सहकारी संस्था लि.को काउन्टरबाट ८९ हजार ७ सय ५ चोरी गरेका उनलाई ३६ हजार सात सय चालिस रुपैयाँको साथमा पक्राउ गरेको हो । पक्राउ परेका उनलाई हिरासतमा लिई म्याद थप गरेर अनुसन्धान भईरहेको धादिङ प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.