चितवनको अटो दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुल्यो
काठमाडौं । चितवनमा शनिबार अटो दुर्घटनामा परी ज्यान गुमाउने ५ जनामध्ये ४ जनाको पहिचान खुलेको छ।
चितवनको राप्ती नगरपालिका–४ मा शनिबार साँझ ना १ ह ६४०९ नम्बरको अटो दुर्घटना हुँदा पर्वतको कुस्मा नगरपालिका घर भई चितवनकै खैरहनी नगरपालिका–८ बस्दै आएका ४९ वर्षका श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका ९ का ४२ वर्षका विश्वमणी भण्डारी, राप्ती नगरपालिका ९ का २५ वर्षकीया मीना खड्का र ३२ वर्षीया माया तामाङको परिचय खुलेको चितवन प्रहरीले जनाएको छ।
अटोमा सवार अन्दाजी ४० वर्षीया महिलाको भने परिचय खुल्न बाँकी छ ।
दुर्घटनामा घाइते चितवन खैरहनी–३ का २६ वर्षका मणिराम गिरीको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment