रियालिटी शो ‘द लिडर’को घोषणा, रवि लामिछाने प्रस्तोता, बाबुरामदेखि रविन्द्रसम्म निर्णायक
काठमाडौं। टेलिभिजन रियालिटी शो ‘द लिडर’को औपचारिक घोषणा गरिएको छ। ‘को बन्छ करोडपति’संचालनमा ल्याएको ‘एसआरविएन’मिडियाले छिट्टै टेलिभिजनको पर्दामा संचालनमा ल्याउन लागेको कार्यक्रमको बिहीबार राजधानीमा घोषणा गरियो।
झण्डैं एक बर्षको तयारीपछि कार्यक्रमको घोषणा गरिएको हो। मुलुक इतिहासकै अप्ठयारो अवस्थामा फसेको र यसको मुख्य कारण राष्ट्रले उपयुक्त नेतृत्व जन्माउन नसकेको अवस्थामा यो कार्यक्रमको परिकल्पना गरिएको बताईएको छ।

यो कार्यक्रमलाई सञ्चारकर्मी रवि लामिछानेले संचालन गर्नेछन्। भने निर्याणकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्र रहनेछन् भने बाँकी २ निर्णायक पछि चयन गरिने कार्यक्रममा जानकारी दिईयो।
सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाडौं ल्याएर फाइनलमा प्रवेश गराइने कार्यक्रम प्रस्तोता रवि लामिछानेले बताए। उनले भने, –‘भाषणसंगै भिजन प्रस्तुत गर्न सक्ने लिडरको खोजी गर्नेछौं। विजयीलाई राष्ट्रिय राजनीतीमा सहज प्रवेशको अवसर दिइनेछ। ऊ राजनीतिमा आउन नचाहे पनि जनताहरुमा लिडर भनेको यत्तिको त हुनुपर्यो नि भन्ने बोध गराउनेछ।’
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्रले हाम्रो समाज र हाम्रो पुस्ताले खोजेको अनि रोजेको लिडर जन्माउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको बताए।
प्रतिस्पर्धीबाट ‘द लिडर’हुने विजेतालाई काठमाण्डौंमा अपार्टमेन्ट, गाडी र नगद २० लाख रुपैयाँ प्रदान गरिने ‘एसआरविएन’ मिडियाका सिईओ विपिन कुमार आचार्यले बताए। उनले यो कार्यक्रम संसारकै पहिलो फरक कार्यक्रम हुने अपेक्षा राखेको बताए। कार्यक्रम न्युज २४ टेलिभिजन साथै रमाईलो टि.भी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ।







डिसी नेपाल








Facebook Comment