हलमा दुई नेपाली चलचित्र
काठमाडौं। शुक्रबारदेखि दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। ‘सूर्य किरण’ र ‘प्रेम संसार’ले शुक्रबारदेखि प्रदर्शन आरम्भ गरेका हुन्। यी दुवै चलचित्र सिंगल थिएटरमा मात्र प्रदर्शनमा आएका हुन्।
अमिर दोङको निर्देशनमा बनेको ‘सूर्य किरण’मा अभिनेता सविन श्रेष्ठ शीर्ष भूमिकामा छन्। त्यस्तै मेलिना चेपाङ, रञ्जित तामाङ्ग, कुइसाङ रुम्बा, मञ्जु श्रेष्ठ लगायतको चलचित्रमा अभिनय छ। चलचित्रमा अभिनेत्री केकी अधिकारी र अमिर दोङ अतिथि भूमिकामा प्रस्तुत छन्।
‘सूर्य किरण’को ट्रेलर :
तामाङ चलचित्रका लोकप्रिय कलाकार तथा निर्देशक अमिरको ‘सूर्य किरण’ पहिलो नेपाली चलचित्र हो। चलचित्रलाई अमृत चेपाङले निर्माण गरेका हुन्। यो चलचित्र एक्सन जनरामा निर्माण भएको निर्माण पक्षले जनाएको छ।
यता राम गौतमको निर्देशनमा बनेको ‘प्रेम संसार’ मायाप्रेमको कथामका निर्माण भएको हो। चलचित्रमा प्रेम सोनी गहतराज, कविता नेपाली, आयुष्मा कार्की, मोनिका दाहाल लगायतका कलाकारहरुको अभिनय रहेको छ।
चलचित्रको कथा लेखन, निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार(गहतराज) हुन्।
‘प्रेम संसार’को ट्रेलर :
तिहारयता नेपाली चलचित्रको ब्यापार निकै दयनिय छ। आशा गरिएका चलचित्रले समेत दर्शक पाउन सकेका छैनन्। हलमा दर्शक नभएर केही हल केही समयका लागि बन्द समेत भईसकेका छन्। यस्तो अवस्थामा प्रदर्शनमा आएका यी चलचित्रको ब्यापार कस्तो हुने हो?







डिसी नेपाल








Facebook Comment