नेकपा स्थायी कमिटी बैठक बस्दै
काठमाडौं। सत्तारूढ नेकपा स्थायी समिति बैठक आज बस्दैछ। पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्छ। यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन। आज एक वर्षपछि स्थायी कमिटी बैठक बस्न लागेको हो।
एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउन स्थायी समिति बैठक बस्न लागेको नेकपाले जनाएको छ।।
स्थायी समिति बैठकमा सचिवालय विस्तारले पनि प्रवेश पाउने देखिएको छ। वरिष्ठ नेता माधव नेपालले यसअघि नै सचिवालयमा तत्कालीन एमालेतर्फका तीन नेतालाई थप गर्न प्रस्ताव गरेका थिए। तत्कालीन एमालेमा उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालयमा लैजान नेताहरूले कुरा उठाउने तयारी गरेका छन्।







डिसी नेपाल







Facebook Comment