घुस लिने गुठी संस्थानका प्रमुख प्रशासक चौधरी र उपप्रशासक रेग्मी अख्तियारको फन्दामा
काठमाडौं । गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी भ्रष्टाचार प्रकरणका पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई मंगलबार नियन्त्रणमा लिएको हो ।
प्रमुख प्रशासक चौधरी र उप–प्रशासक जयप्रसाद रेग्मी घुस वापतको रकम लिई फिर्ता गरिएको विषयमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्ति जारी गर्दै, काठमाडौं महानगरपालिका १ स्थित गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नको लागि घुस लिएको तथा फिर्तासमेत गरेको भन्ने सूचना एवं प्रमाणको आधारमा उनिहरुलाई नियन्त्रणमा लिइएको बताए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment