जिम्बाबेको मन्त्रिपरिषदबाट संविधान संशोधन प्रस्ताव पारित

डिसी नेपाल
२ पुष २०७६ १३:४८

हरारे। जिम्बाबेको मन्त्रीपरिषदबाट संविधान संशोधन प्रस्ताव पारित भएको छ । सन् २०१३ मा मन्त्रीपरिषदबाट सहमति प्राप्त सो सर्वोच्च कानूनलाइ संसोधन गर्नको लागि मन्त्रीपरिषदमा प्र्रस्तावित प्रस्ताव पारित भएको हो।

जिम्बावेको मन्त्रिपरिषदले मङ्गलबार संविधानमा धेरै संशोधनहरुलाई थप परिष्कृत गर्ने प्रयासको रुपमा अनुमोदन गरेको छ। संविधान संशोधन प्रस्तावमा संविधानको धारा ९२ रहेको राष्ट्रपति चुनावमा उपराष्ट्रपति पनि संयुक्त रूपमा चुनिने प्रावधानलाई खारेज गर्नु पर्ने प्रमुख प्रस्तावको रुपमा रहेको छ।

नयाँ संशोधनअन्तर्गत नवनिर्वाचित राष्ट्रपतिले पदग्रहणपछि दुईजनालाई उपराष्ट्रपति नियुक्त गर्न पाउने प्रस्ताव गरिएको छ।

राष्ट्रपतिबाट नियुक्त भएका ती उपराष्ट्रपतिहरुले प्रधान न्यायाधीशसमक्ष शपथ लिने सञ्चारमन्त्री तथा प्रवक्ता मोनिका मुसभाङवाले सञ्चार माध्यमलाई बताएका छन्।

सञ्चारमन्त्री मोनिकाले उपराष्ट्रपति पदका शर्तहरु पनि संशोधन प्रस्तावमा रहेको बताएका छन्। संविधान संशोधन प्रस्तावमा राष्ट्रपति र उपराष्ट्रपतिको काम, कत्र्यव, अधिकारलगायत शारीरिक वा मानसिक असक्षमताको कारण कार्यालयको काम गर्न नसक्ने कुरा समेत समावेश गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.