व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको भौचर मेला सम्पन्न
काठमाडौं । दुई दिने भौचर मेला मंगलबार सम्पन्न भएको छ । व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको आयोजनामा भएको मेला मंगलबार सम्पन्न भएको हो ।
भौचरमा आधारित छोटो अवधिको तालिमा सहभागि हुन आवेदन दिएका मध्ये छनौट भएकाहरुलाई भौचर वितरण गर्ने उद्देश्यले सोमबार र मंगलबार गरी दुई दिने मेलाको आयोजना गरिएको थियो । मेलाबाट सहभागिहरुले भौचर लिएर आफुलाई पायक पर्ने ठाउँमा छनौट भएका तालिम केन्द्रबाट तालिम लिन सक्ने परियोजना निर्देशक चन्द्रकान्त भूसालले बताए । तालिमको सम्पूर्ण शूल्क भौचरका आधारमा सरकारले व्यहोर्ने र सहभागिको कुनै शूल्न नलाग्ने उनले बताए ।
यो आर्थिक वर्षमा ३१ हजार ७ सय ५० युवाहरुलाई तालिम दिने उद्देश्यले उपत्यकाभन्दा बाहिर नतिजामा आधारित र उपत्यका भित्र भौचरमा आधारित छोटो अवधिको तालिमको आयोजना गर्ने लक्ष्यसहित भौचर मेलाको आयोजना गरिएको थियो ।
भौचर मेलामा सहभागि हुन २६ हजार ३ सय ५९ जनाले आवेदन दिएपनि १० हजार ९ सय ४१ जनालाई भौचर वितरण गर्ने लक्ष्य राखिएको थियो । सुविधाहिन समूहका दलित, लोपोन्मुख, सिमान्तकृत जनजातिहरुका लागि रोजगारीको अवशर सिर्जना गर्ने उद्देश्यले परियोजना सुरु गरिएको हो ।







डिसी नेपाल








Facebook Comment