टोटेनहम विजयी

डिसी नेपाल
१० पुष २०७६ २१:१०

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा टोटनहमले आठौँ जित निकालेको छ । बिहीबार भएको खेलमा ब्राइटनलाई दुई एक गोलले पराजित गर्दै जित दर्ता गरेको हो।

घरेलु मैदानमा भएको खेलमा टोटनहमले ब्राइटनको एक गोलको अग्रता उल्ट्यायो । टोटेनहमको जितमा डेली अली र ह्यारी केनले एक(एक गोल गरे ।

खेलको ३७ औंँ मिनेटमा वेब्स्टेरको गोलमा ब्राइटनले अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको ब्राइटनले दोस्रो हाफमा दुई गोल खान पुग्यो ।

जसमा खेलको ५३ औंँ मिनेटमा ह्यारी केनले गोल गर्दै खेल बराबरी गर्न सफल भए । त्यसपछि ७२ औंँ मिनेटमा डेले अल्लीले औरीरको पासमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए ।

त्यसपछि दुवै टिमबाट गोल हुने सकेन र टोटनहमले जित निकाल्यो । यो जितपछि टोटनहम लिगको पाँचौँ स्थानमा उक्लिएको छ । उसको १९ खेलमा २९ अंक भएको छ । ब्राइटनको २० अंक छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.