पाल्पामा टिपरसँग ठोक्किएर स्कुटर चालकको मृत्यु

डिसी नेपाल
१२ पुष २०७६ २२:१५

बेझाड । टिपरसँग ठोक्किएर पाल्पाको तिनाउमा स्कुटर चालकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ ड्यामसाइटस्थित सिद्धार्थ राजमार्गमा टिपरलाई ओभरटेक गर्दा स्कुटर चालक बुटवल उपमहानगरपालिका–१३ रुपन्देहीका २५ वर्षीय सिद्धान्त थापाको शनिबार मृत्यु भएको छ ।

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२ख १७६३ नंको टिपरलाई सोही दिशाबाट जाँदै गरेको लु१९प २८०३ नंको स्कुटरले ओभरटेक गर्ने क्रममा सोही टिपरमा ठोक्किन जाँदा थापा घाइते भएका थिए ।

उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सवारी साधन र टिपर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.